झापामा बसले विद्युतीय साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

झापा। यहाँको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए। उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको प्र १–०१–००१ […]

Source : https://www.dcnepal.com/2024/10/607021/