तिहारमा ५० करोडको फूल बेचियो

समाचार सुन्नुहोस : 

काठमाडौँ – यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ। फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ। उपभोक्ताहरूले यस वर्ष साधारणतया एउटा मालाको लागि एक सय रुपैयाँ तिरेका छन्।

काठमाडौं महानगरपालिकाले यसपालि फूल बिक्रीका लागि ४६ स्थान तोकेपछि कारोबारमा सहजता भएको थियो। अध्यक्ष बादेका अनुसार, तिहारमा मखमली र गोदावरी फूलको स्वदेशी उत्पादनले माग पूरा गरे पनि सयपत्री र रातो गुलाफ भारतबाट आयात गर्नुपर्ने अवस्था रहेको छ।

हाल पुष्पखेती नेपालका ५२ जिल्लामा विस्तार भएको छ। जसमा काठमाडौं उपत्यकाका तीन जिल्ला, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत छन्। करिब ४५० प्रजातिका फूल व्यावसायिक रूपमा उत्पादन भइरहेका छन् र ४४ हजारभन्दा बढी व्यक्तिहरू पुष्पखेतीबाट लाभान्वित भएका छन्। २ सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरिरहेका छन्।

The post तिहारमा ५० करोडको फूल बेचियो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/494910/



Related Posts