तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीनै तहका सरकारको सहकार्य र सहअस्तित्वबाट मात्रै विकास सम्भव रहेको बताएका छन्। मोरङको रङ्गेली नगरपालिका–३ मा रहेको रत्नमाध्यमिक विद्यालयको नवनिर्मित भवन आज उद्घाटन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले स्थानीय, प्रदेश र संघ सरकारको सहकार्य संविधानले नै स्वीकार गरेको चर्चा गरे। उनले विकासका लागि सबै सरकारको सहकार्य हुनुपर्ने […]