८.३० अंकले घट्यो नेप्से परिसूचक, आज अर्ब बढी कारोबार

काठमाडौं– साताको कारोबारको अन्तिम दिन (बिहिबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.३० अंकले घटेको छ । आठ दशमलव ३० प्रतिशतले घटेको नेप्से बिहीबार २७४८.०५ विन्दुमा बन्द भएको हो ।

आज कुल ४९ कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्य घटेको छ । आज ८३ हजार १२८ पटकको सेयर किनबेचबाट ८ अर्ब ५४ करोड ५५ लाख रूपैयाँ कारोबार भएको छ ।

कुल १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता सेयर किनबेच भए । आज १३ उपसमूहमध्ये ३ उपसमूह मात्रै बढ्यो भने बाँकी घट्यो ।

बढ्ने उपसमूहमा व्यापार, जीवन बिमा र विकास बैंक रहे । घट्ने उपसमूहहरूमा निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन, फाइनान्स रहे ।

 

Source : https://onlinetvnepal.com/2024/11/186962/