पर्थमा भारतको ऐतिहासिक जीत, अस्ट्रेलियालाई पहिलो टेस्टमा २ सय ९५ रनले हरायो

काठमाण्डाै – भारतले अस्ट्रेलियालाई पहिलो टेस्ट क्रिकेटमा २ सय ९५ रनले हराएको छ । पर्थमा भएको खेलमा अस्ट्रेलियालाई हराउँदै भारतले इतिहास रचेको छ । अस्ट्रेलियाले पर्थमा पहिलो पटक टेस्ट क्रिकेटमा हार बेहोरेको हो । भारतले दिएको ५ सय ३४ रनको लक्ष्य पछ्याएको घरेलु टोली अस्ट्रेलिया खेलको चौथो दिनको चिया समयपछि २ सय ३८ रनमा अलआउट भयो । दोस्रो पारीमा अस्ट्रेलियाका ट्राभिस हेडले सबैभन्दा धेरै ८९ रन बनाए । भारतका कप्तान जसप्रीत बुमराह र मोहम्मद सिराजले ३/३ विकेट लिए । दोस्रो पारीमा भारतले ६ विकेट गुमाएर ४ सय ८७ रन बना...

Source : https://ujyaaloonline.com/story/109250/2024/11/25/historic-win-for-india-in-perth