पाटन दरबार क्षेत्रमा जथाभाबी कार्यक्रम नगर्न पुरातत्त्व विभागको निर्देशन

ललितपुर। 

पुरातत्त्व विभागले विश्वसम्पदा सूचीकृत पाटन दरबार क्षेत्रमा सांस्कृतिक संवेदनशीलता विपरीत विविध कार्यक्रमहरु भइरहेकोमा त्यस्ता गतिविधिहरु गर्न नदिन निर्देशन दिएको छ ।

विभागका महानिर्देशक सौभाग्य प्रधानाड्डले दरबार क्षेत्रको संवेदनशीलता, सांस्कृतिक मर्म र मौलिक परम्परालाई बेवास्ता गरी सङ्गठित रुपमा विभिन्न गतिविधिहरु भइरहेको बताइन्।‘ सम्पदा क्षेत्रमा परम्परागत उपयोगिता एवं विशेषतामा कुनै प्रतिकूल असर पु¥याउन नपाइने व्यवस्थाको स्मरण गराउँदै महानिर्देशक प्रधानाड्डले भनिन् ‘ सम्पदा संरक्षणमा विभागको साथै स्थानीय तह, संस्था र स्थानीय जनताको पनि महत्वपूर्ण भूमिका रहन्छ ।’

‘ सम्पदाको मर्म विपरीत कार्यक्रम हुन नदिन स्मारक संरक्षण तथा दरबार हेरचार अड्डा, पाटन संग्रहालय, ललितपुर महानगरपालिका, स्थानीय संस्था र स्थानीय जनता सबै एकजुट भई लाग्नुपर्दछ। ’ पाटन संग्रहालय विकास समितिको २७ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले भनिन् ।

Source : https://newsofnepal.com/2024/10/29/675892/