रवि लामिछानेलाई आज काठमाडौं नल्याइने

काठमाडौं– सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले आज काठमाडौं ल्याउने भनेकोमा भोलिमात्रै ल्याउने भएको छ । आज साँझ ल्याउने भनिएपनि लामिछानेलाई भोलि साँझ वा पर्सी (बिहीबार) विहानमात्रै काठमाडौं ल्याउने भएको हो ।

रास्वपाका नेता तथा लामिछानेका सहयोगी दीपक बोहोराले लामिछानेलाई भोलि साँझ वा पर्सी बिहानमात्रै काठमाडौं पठाउने जानकारी गराएका हुन् । उनले फेसबुकमा लेखेका छन्–‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सी बिहान मात्र काठमाडौं पठाउने भएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंबाट गत कार्तिक २ गते पक्राउ गरेको थियो । उनलाई यो बीचमा बयानका लागि रुपन्देही लगिएको थियो ।

काठमाडौंमा भने लामिछानेविरुद्ध कालिमाटीमा मुख्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा ठगी गरेको आरोप छ । आइतबारमात्रै लामिछाने कास्की जिल्ला अदालतले १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएपछि उनलाई काठमडौं ल्याउन लागिएको हो । लामिछानेविरुद्ध साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले पनि जाहेरी दिएका छन्। लामिछानेसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा मंसीर पहिलो हप्ता पूरक जाहेरी दिएका हुन्।

 

 

 

Source : https://onlinetvnepal.com/2024/11/186839/