प्याब्सनका नगर अध्यक्ष रवीन्द्र चौधरी शिक्षा समितिबाट हटाइए
प्याब्सनका नगर अध्यक्ष रवीन्द्र चौधरीलाई शिक्षा समितिबाट हटाइएको छ ।
तिरहुत हाइस्कूल जननकपुरधामका प्रिन्सिपल रहेका चौधरी केही वर्षदेखि संस्थागत विद्यालयको प्रिन्सिपलको हैसियतमा नगर शिक्षा समितिमा रहेका थिए । नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णले सामाजिक सञ्जालमा एउटा विज्ञप्ति जारी गरी चौधरीलाई हटाइएको जनाएका छन् ।
चौधरी उपर अख्तियारमा उजुरी परेकाले हटाइएको जनाइएको छ । अख्तियारमा उजुरी परेको भरमा हटाइएको छ । हुनत महोत्तरीको एक विद्यालयमा करार शिक्षकमा कार्यरत रहेको प्रमाणित भइसकेको समेत सो विज्ञप्तिमा उल्लेख रहेको छ ।
The post प्याब्सनका नगर अध्यक्ष रवीन्द्र चौधरी शिक्षा समितिबाट हटाइए appeared first on Janakpur Today.