बाढी पहिरोबाट विस्थापित काभ्रेको चनौटेका परिवार त्रिपालमुनि

काभ्रे – काभ्रेको डाँडापारि खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिन बाध्य हुनुभयो । त्यस्तै भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिइरहेका छन् । चनौटे बस्ती बगेको आज १८ दिन भइसकेको छ । बाढीले बगाएर त्यहाँको बस्ती नै वि...

Source : https://ujyaaloonline.com/story/107844/2024/10/16/family-of-chanaute-under-tripal