बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका १७ नेता-कार्यकर्ता पक्राउ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १७ नेता-कार्यकर्ता बालुवाटार घेराउ गर्ने क्रममा प्रहरीले पक्राउ गरेका छन्। पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै बालुवाटारतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका मध्ये सांसद अशोककुमार चौधरी पनि छन्।

प्रहरीका अनुसार उनीहरुलाई निषेधित क्षेत्रमा प्रदर्शन गरेकाले पक्राउ गरिएको हो। बालुवाटार क्षेत्र प्रधानमन्त्री निवास भएकाले सुरक्षा कारणले काठमाडौँ जिल्ला प्रशासन कार्यालयले यसलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

रवि लामिछाने हाल सहकारी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका छन्, रास्वपाले उनको रिहाइको माग गर्दै विरोध कार्यक्रमहरू गर्दै आएको छ।

 

 

The post बालुवाटार घेराउ गर्ने क्रममा रास्वपाका १७ नेता-कार्यकर्ता पक्राउ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/494221/