बिदेशी मुद्राको विनिमयदर : डलको भाउ स्थिर, युरो घट्यो पाउण्ड बढ्यो
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । बुधबार डलको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको थियो । बिहिबार पनि सोहि मूल्यमा यसको खरिदबिक्र हुँने राष्ट्रि बैंकले जानाएको छ ।
बिहिबार युरोपियन युरो ७ पैसाले घटेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ १५ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा तोकिएको छ । बुधबार भने युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ २२ पैसा बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको थियो ।
बिहिबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ ५४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ३० पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा बिहिबार पनि २९ पैसाले बढेको हो । यसअघि बुधबार पाउण्डको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम थियो ।
त्यसैगरी, बिहिबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ३० पैसा र बिक्रीमा ९६ रुपैयाँ ७२ पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा तथा बिक्री दर १८ रूपैयाँ ६८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार ३० रूपैयाँ १४ पैसा र बिक्रीदर ३० रूपैयाँ २७ पैसा कायम गरेको छ ।
यसैगरी, बिहिबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ १३ र बिक्रीदर ४४० रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५९ रुपैयाँ १२ पैसा निर्धारण भएको छ।