बैतडीमा महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने तयारी

बैतडी – नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने भएको छ । विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ग्राहकबाट ८० लाख रुपैयाँभन्दा धेरै बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुुसार विद्युत महसुलबापतको  ८० लाख ९९ हजार तीन सय ६२ रुपैयाँ बक्यौता उठाउन बाँकी छ । मिटर रिडिङ गरेको ६० दिन नाघिसकेका पाँच सय ७९ ग्राहकबाट रकम असुल गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण बैतडी व...

Source : https://ujyaaloonline.com/story/109127/2024/11/22/cutting-off-electricity-lines-for-who-do-not-pay-