भारतविरुद्धको खेलमा नेपालको एक खेलाडी परिवर्तन

काठमाडौं– राजधानीमा जारी साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशालामा हुने खेलमा नेपालले १ खेलाडी परिवर्तन गरेको छ । साफ महिला च्याम्पियनसिप अन्तर्गत हुन लागेको सेमिफाइनल खेलका लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ।

मिडफिल्डर सरु लिम्बुको स्थानमा आइतबार पूजा राना पहिलो रोजाइमा खेल्दैछिन् । आज नेपालले चार डिफेण्डर खेलाउँदैछ । कप्तान एन्जिला तुम्बापो सुब्बाले गोलपोष्ट सम्हाल्नेछिन् ।

डिफेन्समा पूजासँगै गीता राना, अमृता जैसी र विमला विक छन् । रेनुका नगरकोटे, प्रीति राई, सबिता राना मगर र अमिसा कार्की मिडफिल्डमा छन् भने सावित्रा भण्डारी र रेखा पौडेल फरवार्ड लाइनमा छन् ।

 

Source : https://onlinetvnepal.com/2024/10/185360/