भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि

काठमाण्डौ – भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टेष्ट शृङ्खलाअन्तर्गत पहिलो टेस्टको पहिलो पारीमा अस्ट्रेलिया ८३ रनले पछाडि रहेको छ । बोर्डर गावस्कर ट्रफी सन् २०२४/२५ को पहिलो दिनको खेल सकिँदा अस्ट्रेलियाले आफ्नो पहिलो पारीमा सात विकेट गुमाएर ६७ रन बनाएको छ । एलेक्स क्यारी १९ रन बनाएर खेलिरहेका छन् र उनलाई छ रन बनाएका मिचेल स्टार्कले साथ दिइरहेका छन् । भारतका जसप्रित बुमरहले चार विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई तथा हर्षित राणाले एक विकेट लिए । त्यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहिलो...

Source : https://ujyaaloonline.com/story/109141/2024/11/22/australia-trail-83runs-first-day-test-series-india