भारत सरकारले नै खालिस्तान समर्थक निज्जरको हत्या गरेको बलियो प्रमाण छ : प्रहरी प्रमुख डुहेम

क्यानडाका प्रहरी प्रमुख माइक डुहेमले खालिस्तान समर्थक हरदीप सिंह निज्जरको हत्यामा भारत सरकार संलग्न रहेको बलियो प्रमाण देखिएको दाबी गर्नुभएको छ । भारतमा खालिस्तान राज्यको माग गर्ने निज्जरलाई भारतीय खुफिया एजेन्सीले क्यानडामै पुगेर हत्या गरेको प्रसस्तै प्रमाण रहेको प्रहरी प्रमुख डुहेमले बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ । क्यानडाको सरकारी समाचार च्यानल सीबीसीलाई दिएको अन्तर्वार्तामा रोयल क्यानेडियन माउन्टेड पुलिस (आरसीएमपी) का प्रमुख माइक डुहेमले भन्नुभएको छ, ‘हामीसँग खुफिया जानकारी छैन तर यस मामलामा भारतको भूमिका...

Source : https://ujyaaloonline.com/story/108203/2024/10/27/evidence-indiangovernment-kill-prokhalistan-nijjar