मतका लागि खेतबारीमा पनि दौडधुप
राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा वडाअध्यक्ष पदका लागी हुने निर्वाचनको अब तीन दिन मात्र बाँकि रहदा मुख्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मत माग्दै मतदाताको खेतबारीमा समेत पुग्न थालेका छन ।
ग्रामिण क्षेत्रमा पर्ने उक्त दुबै वडाका मतदातालाई अहिले बर्खेबाली धान काट्ने र थन्क्याउने चटारो पनि छ । यही व्यस्तताका कारण अधिकाँस मतदाता आ–आफ्नो खेतबारीमा समय विताउने गरेका कारण उम्मेदवारहरु मत माग्दै खेतबारीमा समेत पुग्न थालेका छन ।
कतिपय उम्मेदवारले त खेती थन्क्याउन सहयोग गरेर मतदाता रिझाउने प्रयास समेत गरिरहेका छन । घर दैलो गर्दा अहिले मतदाता खेतवारी तर्फ गएको जानकारी आउन थालेपछी खेतवारी मै पुगेर मत माग्न थालेको अधिकाँस उम्मेदवारहरुको भनाई छ ।
५ वर्षमा दोश्रो पटक आफ्नो प्रतिनिधी छान्ने अवसर पाएका मतदाताहरु मत माग्दै उम्मेदवारहरु खेत मै पुगेर नमस्कार गर्दा दंग छन ।
७२ घण्टे मौन अवधी सूरु हुनु अघि नै विभिन्न दलका उम्मेदवार मतदाता नजिक पुग्न जुक्ति निकालेका छन् । उक्त पालिकाको १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन हुने ती दुबै पदमा यस अघि नेपाली काँग्रेसका क्रमशः प्रितम लाल चौधरी र हरि प्रसाद रायले चुनाव जितेका थिए ।
उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा नंं४ मा १ हजार २ सय ८१ मतदाता छन । मतदानका लागी ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
The post मतका लागि खेतबारीमा पनि दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104584/