मार्ग शीर्ष कृष्ण दशमी: पशुपति क्षेत्रका विभिन्न स्थानमा घुमाइयो गुह्येश्वरीको खट जात्रा

काठमाडौं। पशुपति क्षेत्रका विभिन्न स्थानमा गुह्येश्वरीको खट जात्रा गरिएको छ। आइतबार रातभर तान्त्रिक विधिपूर्वक पूजा सकेपछि जात्राका लागि युवालाई जिम्मा दिइएको छ। क्लबले गुह्येश्वरीको खटलाई पशुपति मन्दिर परिक्रमा गराई पशुपतिनाथका मूल भट्टबाट विधिपूर्वक पूजा गराइएको थियो। पशुपतिनाथ मूल मन्दिरबाट अमालकोट कचहरीको डबलीमा लगेर पूजा गरिएको थियो। त्यहाँबाट जयवागेश्वरीको नवालीटोलमा लगेर विधिवत् पूजा आराधना गरिएको छ। […]

Source : https://www.dcnepal.com/2024/11/614418/