ओलीले चाइना कार्ड खेल्न खोजेको भन्न नखोजेको प्रचण्डको प्रष्टोक्ती

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड खेल्न खोजेको भनी भारतीय अखबारलाई दिएको अन्तर्वार्तालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सच्याएका छन् ।

दुई साताअघि हिन्दुमा ‘प्रधानमन्त्री ओलीले चाइना कार्ड खेल्न खोजेको’ शीर्षकमा प्रचण्डको अन्तर्वार्ता प्रकाशित भएको थियो ।

सोमबार प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा प्रस्तुत गरिने एजेण्डाबारे सुझाव लिन पूर्व प्रधानमन्त्री र पूर्व पराष्ट्रमन्त्रीहरुलाई सिंहदरबारमा बोलाएको बैठकमा प्रचण्डले आफ्नो भनाई सच्याएका हुन् ।

उनले आफू पहिलोचोटि प्रधानमन्त्री हुँदा पनि पहिलो भ्रमण चीनकै गरेको बताएका छन् । कुन देश पहिला जाने भन्ने निर्णय नेपालका प्रधानमन्त्रीले लिने विषय भएको समेत उनले बताए । उनले भने ‘मैले पहिला चीन भ्रमण गरेर भ्रमण भ्रमण गर्ने परम्परा तोडें । पहिलो कहाँ जाने भन्ने नेपालको निर्णय हो ।’

छलफलका क्रममा प्रचण्डले चर्चामा रहेको आफ्नो अन्तर्वाताबारे स्पष्टिकरण दिँदै ओलीले चाइना कार्ड खेल्न खोजेको नभनेको बताएका छन् । राजनीतिका सवालमा जस्तो कार्ड खेल्ने काम नहोस् भन्ने आफ्नो धारणा रहेको उनको भनाई छ ।

Source : https://onlinetvnepal.com/2024/11/186737/



Related Posts