मालिकद्वारा कामदार महिला बलात्कार गरेको आरोप

राजविराज । आफ्नो होटलमा काम गर्न राखेकी महिलालाई बलात्कार गरि भिडियो बनाएर पटक पटक बलात्कार प्रयास समेत गरेको आरोपमा संचालक पक्राउ परेका छन् ।

राजविराजको मुख्य बजार वडा नं। ४ मेनरोडस्थित “होटल तन्दुरी रेष्टुरेन्ट” का संचालक २८ वर्षिय आकाश आदर्श भनिने आकाश साह हलुवाईलाई यस्तो घृणित कार्य गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

भिडियो बनाएर पटक पटक करणीको प्रयास

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार आफ्नै होटलमा काम गर्ने महिलालाई कोठामा थुनेर जबरजस्ती करणी गरेको र सोको भिडियो समेत बनाई “सामाजिक संजालमा भाइरल गरिदिन्छु” भन्दै पटक पटक बलात्कारको प्रयास गरेको आरोपमा साह पक्राउ परेका हुन् ।

२३ वर्षिया पीडित महिला राजविराज मै भाडाको कोठा लिई बसोवास गर्दै आएकी छिन् । एक साताअघि सन्चो नभएपछि उनी सोही कोठामा आराम गर्दै थिइन् । राती ९ बजेतिर ढोका ढकढकाएपछी आफूले ढोका खोलेको र त्यसपछि भित्र प्रवेश गरेका होटल संचालक साहले मुख थुनेर धाकधम्की दिँदै बलात्कार गरेको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी छिन् ।

बलात्कार गरेको भिडियो मोबाइलमा खिचेर त्यसपछी पटक पटक सामाजिक संजालमा भाइरल गरिदिन्छु भन्दै बलात्कारको प्रयास गरेको ती महिलाले प्रहरी समक्ष बताएकी छिन् । बलात्कार गरेको दिनको भिडियो आफ्नो वाट्सअपमा पनि पठाएको पीडित महिलाले प्रहरीलाई जानकारी गराएकी छिन् ।

बलात्कारको आरोप लागेका साह र पीडित भनिएकी महिला दुबै विवाहित हुन् । पीडित महिलाको बयान र उजुरीको आधारमा साहलाई असोज ३० गते पक्राउ गरि प्रथम पटक ७ दिनको म्याद थपिएको थियो । उक्त म्याद सकिएपछी बुधबार सप्तरी जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा थप ७ दिनको म्याद लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

The post मालिकद्वारा कामदार महिला बलात्कार गरेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102695/