म्याग्दीको बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य

म्याग्दी – म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ । घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताउनुभयो । दश वटा वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिङ्गा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । धेरै वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा जाने गरेका छ...

Source : https://ujyaaloonline.com/story/109273/2024/11/26/number-of-people-giving-birth-at-home-is-zero-beni