राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरूको भेट

समाचार सुन्नुहोस : 

काठमाडौँ – बुधबार अपराह्न शीतल निवासमा प्रमुख प्रतिपक्षी दलहरूका नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा गरिएको यो भेटमा विभिन्न दलका नेताहरूले सरकारको कामकाजप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

भेटमा प्रचण्डसहित माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू शिशिर खनाल र सुमना श्रेष्ठ, राप्रपाका बुद्धिमान तामाङ र हेमजङ्ग गुरूङ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष राजेन्द्र पाण्डे तथा आम जनता पार्टीका तर्फबाट तिलक थापा मगर उपस्थित थिए।

प्रतिपक्षी नेताहरूले सरकारले गरेका त्रुटिहरू र कमीकमजोरीहरूबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका छन्। यसअघि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर पनि आफ्नो असन्तुष्टि व्यक्त गर्दै ध्यानाकर्षण पत्र बुझाएका थिए।

The post राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रचण्डसहित विपक्षी दलका नेताहरूको भेट appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493759/