जानकी मन्दिरमा फलामे र्याक हस्तान्तरण
गरिमा विकास बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा जानकी मन्दिरमा जुत्ता चप्पल राख्ने र्याक हस्तान्तरण गरिएको छ ।
वार्षिकोत्सवको अवसरमा गरिमा विकास बैंकको जनकपुरधाम शाखाका अधिकारीहरु जानकी मन्दिर पुगेर जुत्ता चप्पल राख्ने फलामे र्याक मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवलाई हस्तान्तरण गरेका थिए ।
मन्दिरमा पूजा अर्चना तथा दर्शनकालागि पुग्ने श्रद्धालु भक्तजनलाई जुत्ता चप्पल राख्न सहज होस त्यस अभिप्रायले यो र्याक मन्दिरमा हस्तान्तरण गरिएको गरिमा विकास बैंक जनकपुरधाम शाखाका प्रबन्धक विपिन झाले बताए । बैंकको वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत र्याक हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको उनले बताए ।
कार्यक्रममा सहारा विकास बैंकका अध्यक्ष सुगन्धकुमार गुप्ताको समेत सहभागिता रहेको थियो । काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौंं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर र ५० वटा एटीएममार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।
The post जानकी मन्दिरमा फलामे र्याक हस्तान्तरण appeared first on Janakpur Today.