रास्वपा सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा

काठमाण्डाै – सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाएको हो । लामिछानेलाई स्थलमार्ग हुँदै पोखरा पुर्‍याउँदा रास्वपाका नेता तथा...

Source : https://ujyaaloonline.com/story/107926/2024/10/19/rabi-lamichhane-in-kaski-police-custody