देशभरका रास्वपाका नेता कार्यकर्ता र युट्युबरहरु पोखरा उर्लिए, होटलहरु भरिभराउ !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेपछि देशभरका रास्वपाका कार्यकर्ता, नेता र युट्युबरहरु पोखरा उर्लिएका छन् । शुक्रबार साँझ रवि पक्राउ परेलगत्तै देशभरबाट ठुलो संख्यामा नेता कार्यकर्ताहरु पोखरा उर्लिएका हुन् । ठुलो संख्यामा रास्वपाका नेता कार्यकर्ताहरु पोखरा आएपछि यहाँका होटलहरु पनि भरिभराउ भएका छन् ।

सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई पोखरा ल्याइएको हो । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ पर्नुुभएका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको थियो ।

लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।

Source : https://arthasarokar.com/2024/10/pokhara-74.html