रूसको संसदमा रक्षा खर्चमा व्यापक वृद्धि गर्ने प्रस्ताव अनुमोदन
रूसी सांसदहरूले रक्षा खर्चमा झण्डै ३० प्रतिशतले वृद्धि गर्ने निर्णय गरेका छन् । यसले युक्रेनविरुद्धको सैन्य आक्रमणका लागि अर्को वर्ष थप ठूलो खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । राजधानी मस्कोले आफ्ना लाखौँ अग्रपङ्क्तिका सैनिकलाई आकर्षक तलब दिएर सोभियत कालदेखि अहिलेसम्म नदेखेको स्तरमा सैन्य खर्च बढाएको समाचार संस्था एपीएफले जनाएको छ । तल्लो सदन स्टेट डुमाका सांसदहरूले हिजो बजेट पारित गर्ने पक्षमा मतदान गरेका हुन् । यो बजेटलाई संसदको माथिल्लो सदनले पारित गर्नुपर्छ भने राष्ट्रपतिले हस्ताक्षर गरेपछि कार्यान्वयनमा जाने खबरमा उल्लेख छ...
Source : https://ujyaaloonline.com/story/109119/2024/11/22/russia-approves-proposal-to-massively-increase-