लुम्बिनीमा पूर्व राजालाई भव्य स्वागत… (तस्विरहरु)

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज (शुक्रबार) लुम्बिनी गएका छन् । बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन राजा लुम्बिनी गएका  हुन् । उनको लुम्बिनी भव्य स्वागत गरिएको छ ।

कानिङ सेडुप लिङ गुम्बा सङ्गठन तथा विकास कोष परिवारद्वारा निर्मित उक्त गुम्बाको आज एक समारोहकाबीच बौद्ध गुरु छोकी निमा रिन्पोछे र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले उद्धघाटन गरेका हुन् । बौद्ध गुरु निमा रिन्पोछेले देश तथा विदेशका चन्दादाताको सहयोगबाट हजारबुद्ध महाविहार निर्माण भएको जानकारी दिए ।

महायानी परम्पराअनुसार भएको पूजामा बौद्ध लामा गुरु, आनी, भिक्षुभिक्षुणी, उपासक उपासिका, विदेशी पाहुना, स्वदेशी विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।  बाँकी तस्विरमा हेर्नुहोस्: 

Source : https://arthasarokar.com/2024/11/grand-welcome-to-ex-king-at-lumbini-photos.html



Related Posts