लेबनानको राजधानी बेरुतमा ५ दिनपछि फेरि इजरायली आक्रमण, मेयरसहित ५ जनाको ज्यान गयो

इजरायली सेनाले पाँच दिनपछि फेरि लेबनानको राजधानी बेरुतमा आक्रमण गरेको छ । दक्षिणी लेबनानको नबातिह शहरमा भएको पछिल्लो इजरायली आक्रमणमा पाँच जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा नबातिह शहरका मेयर पनि छन् । मङ्गलवार राति इजरायली सेनाले बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेको थियो । इजरायलले इरान समर्थित विद्रोही समूह हिजबुल्लाहको भूमिगत गोदामलाई निशाना बनाएको बताएको खबरमा उल्लेख छ । यसअघि लेबनानका अधिकारीहरूले लेबनानको दक्षिणी क्षेत्रमा भर्खरै भएका आक्रमणमा धेरैको ज्यान गएको बताएका थिए । ...

Source : https://ujyaaloonline.com/story/107840/2024/10/16/israeli-air-strike-kills-mayor-and-five-others