विष्णु रिजालको टिप्पणी- माओवादीको ओरालो शृङ्खला रोकिनेवाला छैन

काठमाडौँ ।

 नेकपा एमालेका नेता विष्णु रिजालले माओवादी केन्द्रको ओरालो शृङ्खला नरोकिने बताएका छन् ।

माओवादी केन्द्रले आज गरिरहेको खबरदारी जुलुसप्रति टिप्पणी गर्दै नेता रिजालले आजको जुलुशबाट माओवादीको ओरालो शृङ्खला यहीँ नरोकिने थप प्रस्ट भएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- 

माओवादीको २०६६ मा कथित नागरिक सर्वोच्चताका लागि भएको ‘अनिश्चितकालीन आमहडताल’ पनि देखिएकै/भोगिएकै हो, ‘शहरी जनविद्रोह’ पनि देखिएकै हो । ०७० को निर्वाचनमा शर्मनाक पराजय भएपछिको ‘अदृश्य धाँधलीका विरुद्ध’को आन्दोलन पनि देखिएकै हो । आजको जनप्रदर्शन पनि देखियो । आजको जुलुशबाट थप प्रस्ट भएको छ– माओवादीको ओरालो शृङ्खला यहीँ रोकिनेवाला छैन ।

Source : https://newsofnepal.com/2024/10/26/675336/