वेस्ट इन्डिजलाई ८ रनले हराउँदै न्युजिल्यान्ड महिला टी–२० विश्वकपकाे फाइनलमा

काठमाण्डाै – वेस्ट इन्डिजलाई आठ रनले हराउँदै न्युजिल्यान्ड आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । न्युजिल्यान्डले दिएकाे १ सय २९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २० रनमात्रै बनाउन सक्याे । वेस्ट इन्डिजका लागि दिन्द्रा डोटिनले सर्वाधिक ३३ रन बनाइन् । न्युजिल्यान्डका लागि इडन कार्सनले ३ विकेट लिइन् । त्यसअघि यूएईको शारजहामा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । न्युजिल्यान्डकी जर्जिअ प्लिमेरले ३३ रन बनाइन् ।...

Source : https://ujyaaloonline.com/story/107925/2024/10/19/new-zealand-in-final-of-women-t-20-world-cup