सञ्चालनमा आयो सुनकोशीको बाढीले बगाएको खुर्कोटको पुल

काठमाडौं– असोज ११ र १२ गतेको भारी वर्षाका कारण आएको बाढी–पहिरोले बगाएको बीपी राजमार्गअन्तर्गत सिन्धुलीरामेछाप जोड्ने बेलिब्रिज पुल पुनः सञ्चालनमा आएको छ ।

सुनकोशी नदीमा आएको बाढीले खुकोटबाट रामेछापतर्फ जोड्ने बेलिब्रिजको एउटा खण्ड बगाएको थियो । उक्त खण्डमा प्राविधिक एवम् नेपाली सेनाको टोलीले बेलिब्रिज निर्माण गरेका हुन् । उक्त पुलमा मंगलबारदेखि सवारीसाधन चल्न थालेका छन् ।

बेलिब्रिज सञ्चालनमा आएसँगै निर्माण कार्यमा खटिएका प्राविधिक एवम् नेपाली सेनाको टोलीलाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सम्मान गरेका छन् । उक्त पुलको अनुगमन गर्दै मन्त्री दाहालले विपत्तिका कारण अवरुद्ध भएको यातायात सञ्चालनका लागि खटिने सबै पक्ष धन्यवादको हकदार रहेको बताए ।

Source : https://onlinetvnepal.com/2024/10/185099/