सय दिनको समीक्षा चुनावपछि बन्ने सरकारको कि पटकपटक बन्ने सरकारको ?

दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकारको सय दिन पुगेको भन्दै पक्ष र विपक्षमा समीक्षा भइरहेको छ । प्रधानमन्त्री र मन्त्रीहरू अरू महत्त्वपूर्ण काम छाडेर आफ्ना सय दिनको उपलब्धि खोज्न व्यस्त छन् । विपक्षी दलका नेताहरूलाई सरकारको कमजोरी खोतल्न भ्याइनभ्याइ छ । २०७९ को चुनाव भएको दुई वर्ष पुग्नै लाग्दा भर्खरै चुनाव भएर सरकार बनेको जस्तो गरी दल र नेताहरू सय दिनको हरहिसाबमा अल्झिएका छन् । वास्तवमा चुनावपछि गठन भएको सरकारको पहिलो एक सय कार्यदिनलाई राजनीतिक रूपमा मधुमास अर्थात् 'हनिमुन पिरियड' मानिन्छ । क...

Source : https://ujyaaloonline.com/story/108086/2024/10/23/comment-on-hundred-day-review-of-the-government