प्रधानमन्त्री ओलीको दाबी- ‘सेयर बजार प्रगतिको लयमै छ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका छन् । 

एमाले-काँग्रेसको गठबन्धनपछि बनेको सरकारको १०० दिनको प्रगति विवरण प्रस्तुत गर्दै ओलीले सेयर बजार लयमै रहेको दाबी गरेका हुन् । 

अझ ओलीले सेयर बजार प्रगतिको लयमा रहेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले लामो समयदेखि ओरालो गतिमा रहेको सेयर बजार अहिले भने लयमा रहेको बताएका छन् । 

त्यस्तै, ओलीले प्राकृतिक विपत्ति र प्रतिकुलताका बीचमा पनि सेयर बजार प्रगतिको लयमा रहेको उल्लेख गरेका छन् । 

Source : https://arthasarokar.com/2024/10/kp-oli-153.html



Related Posts