साफ च्याम्पियनशिपमा यस पटक विजेता बन्छाैँ : कप्तान एञ्जिला

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले साफ च्याम्पियनशिपमा विजेता बन्ने लक्ष्य रहेको बताएकी छिन् । नेपालले तेस्रो पटक महिला साफ च्याम्पियनशिपको आयोजना गर्दैछ । भोलिदेखि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपाली टोलीकी कप्तान तथा गोलकिपर सुब्बाले विजेता बन्ने लक्ष्य रहेको बताएकी हुन् । सबै टोली मेहनत गरेर विजेता बन्नकै लागि आए पनि यस पटक आफ्नो टोली सन्तुलित र बलियो रहेको उनको विश्वास छ । साफ महिला च्याम्पियनशिपको उद्घाटन खेलमा भारत र पाक...

Source : https://ujyaaloonline.com/story/107839/2024/10/16/this-time-we-will-become-champions-in-saff