सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पुग्याे, ४ महिनामा ८४ अर्ब थपियाे
काठमाण्डाै – चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा झन्डै ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । कात्तिक मसान्तसम्ममा ८३ अर्ब ९५ करोड थपिएपछि कुल सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव १४ प्रतिशत हुन आउँछ ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको साउनमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब नौ करोड रुपैयाँ रहको थियो । विदेशी मुद्राको विनिमय दरमा भएको परिवर्तनका कारण गएको असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तसम्ममा चार अर्ब ९८ करोड बर...
Source : https://ujyaaloonline.com/samachar/109056/2024/11/20/public-debt-reached-25tn-18-bn-rupees