सिलाई कटाईले फेरिएको बिन्दुको जीवन

दैलेख । दुल्लु नगरपालिका –८चगत्राकी३१वर्षीय बिन्दु उपाध्यायले विगत १०बर्ष अगाडी सिलाईकटाई सिकिन् । सीप सिकेपछि अब उनलाई आत्मनिर्भर बन्ने जोश बढेको छ ।तीन महिने सिलाई–कटाइ तालिम सिकेपछि पछिल्लो समयमा उनलाई घर परिवार चलाउन सहज भएको छ ।

कक्षा १२ अध्ययन गर्दै गर्दा सानै उमेरमा विवाह गरेकी उनले २०७१ सालमासिलाई–कटाइ तालिमसिकेकी बिन्दु पछिल्लो समयमा नारायण नगरपालिका–६बर्षपार्क नजिकै सिलाई–कटाई व्यवसाय गर्न थालेकी छन् । आफू र श्रीमान्आम्दानीको श्रोत नभएपछि आफनै देशमा केही गरौँ भनेर विकल्प खोज्न थालिन् ।अहिले आफ्नो पेशा सिलाई–कटाई सीप प्रति निकै सन्तुष्ट रहेको उपाध्यायले बताईन् ।

बिगतमा सिलाई–कटाइ सिक्दा गाउँ भरी बाहुनकी छोरीले मेसिन छुन थालिन् भनेर नराम्रो दृष्टीकोणले हेर्ने गरेको समाजले अहिले सीप भएकै कारणले सम्मानित ढंगले बाच्नु परेको उनले बताइन् । सिलाई–कटाइ दलित समुदायका मानिसहरूले मात्र गर्ने पेसा हो भन्ने अन्धविश्वासकै कारण बिन्दुलाई तालिम अवधिभर परिवारबाट भनेजस्तो सहयोग भएन । परिवार र समाजको अपेक्षित सहयोग विना सामाजिक रूपमा बाहुन जातिले सिलाई–कटाइ गर्नु हुँदैन भन्ने अन्धविश्वास चिर्न सफल पात्र हुन बिन्दु ।

‘विगतमा समाजले हेर्ने नजर फरक थियो थियो ।’ बिन्दुले भनिन्,–‘अहिले समाजमा सम्मानित भएर बाच्न पाएको छुँ ।’

विवाह पछि रोकिएको पढाइलाई बिन्दुले व्यवसाय सञ्चालन पछि निरन्तरता दिइन् । विवाहसँगै घरको काममा सीमित उनले अहिले स्नातक तहसम्मको अध्ययन पुरा गरेकी छन् ।‘समाजमा महिलालाई बाच्नका लागि निकै ग्राहो छ ।’ उनले भनिन्,– आत्मनिर्भर लागि मैले गरेको यो प्रयास धेरै राम्रो छ ।’

‘रोकिएको पढाइलाई व्यवसाय सञ्चालन पछि अघि बढाए । उनले भनिन्, ‘अहिले छोरा आठ कक्षामा पढ्दै छन् । छोराको पढाइमा लाग्ने खर्चसँगै आफ्नो व्यवहार चलाउन यहीँ व्यवसाय मार्फत सहज भएको छ ।,’

‘घरमा आर्थिक समस्या थियो,सानै उमेरमा घरको खम्बा ‘बुबा’ को निधनपछि आमाको संघर्षका यात्रा बुझेकी बिन्दुलाई आफ्नै ठाउँमा केही गरौँ भन्ने जाँगर चलेको थियो । बुबाको निधनपछि माइतीमा अनेकौँ संघर्ष गरेको उनको मानस पटलमा ताजै छ ।परिवारमा अनेकौँ दुख थिए । तीन भाइबहिनीको शिक्षा दीक्षासँगै पालन पोषणका लागि ‘आमा’ ले उठाउनु भएको दुख मानस पटलमा ताजै छ उनले भनिन् ।

सीप सिकेकी उपाध्यायले हाल विभिन्न त्यति मात्र नभएर उनी पछिल्ला वर्षहरूमा घरेलु तथा साना उद्योग विकास समितिसँगै यहाँ सञ्चालनमा रहेका विभिन्न परियोजना मार्फत सञ्चालन हुने सिलाई–कटाइ सम्बन्धी आधारभूत तालिमहरुमा आफुले सिकेका सिप सिकाउदै आएको बताइन् ।

उनले भनिन् ‘सिलाई कटाईले पछिल्ला वर्षहरूमा बिन्दुले सिलाई–कटाइ व्यवसाय मार्फत स्थानीय स्तरमा मनग्य आम्दानी गर्दै आएको बताइन् । ‘काम खोज्न अन्यन्त्र जानु भन्दा आफ्नै ठाउँमा सिलाई–कटाइ व्यवसाय गरे केही गर्न सकिन्छ जस्तो लाग्यो । त्यसपछि तीन महिने तालिम लिएँ’ उनी भन्छिन् ‘महिलाले घरको काम बाहेक अरु काम गर्न सक्तैनन् भन्ने मान्यतालाई चिर्दै मैले सिलाई कटाई अगाडी बढाए ।’

उनले सिलाई–कटाइ व्यवसाय मार्फत अहिले महिनामा राम्रो आम्दानी गर्दै आएकी छन् । तालिम लिएर व्यवसाय गर्न थालेपछि मासिक रुपमा ३०–३५ हजार रुपैयाँ कमाउन थालेको उनले बताईन् । ‘सुरुमा घरका सबै परिवार खुसी थिएनन्, पछि राम्रो आम्दानी हुन थालेपछि घर परिवारसमेत अहिले खुसी हुनुहुन्छ ।,’ बिन्दुले भनिन् ।

अर्काको मुलुकमा काम खोज्न जानु भन्दा आफ्नै ठाउँमा सिप सिकेर आम्दानी बढाउन सकिने बिन्दुको भनाई छ । आगामी दिनमा आफु जस्ता महिलाहरुलाई स्थानीय क्षेत्रबाट सिपमुलक तालिमहरु प्रदान गर्ने हो भने पक्कै आत्मनिर्भर हुने थिए ।

The post सिलाई कटाईले फेरिएको बिन्दुको जीवन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102692/