सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीलाई महानगरले 'अन द जब ट्रेनिङ' मा पठाउने
काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले सीप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीलाई मासिक न्यूनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको 'अन द जब' का लागि पठाउने भएको छ । यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेशनबीच सम्झौता भएको छ । सम्झौतामा महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागकी प्रमुख समीक्षा निरौला र फाउन्डेशनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभयो । गएको वर्ष महानगरपालिकाले सीप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० र इलेक्ट्रिकल भेहिकल ...
Source : https://ujyaaloonline.com/story/109054/2024/11/20/on-the-job-training-for-the-trainees