सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाउने क्रम आज पनि जारी रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोल ८ सय रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । मंगलबार सुन प्रतितोला एक लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर दुईहजार १३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

The post सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/23/100175/