स्याउको बजारीकरणमा सघाउन मुख्यमन्त्रीसँग जुम्लाका किसानको आग्रह

जुम्ला – जुम्लाका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन् । कृषि विकास कार्यालयले किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्लाको स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन् । स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई आफूहरूले माग गरेको चन्दननाथ नगरपालिका–४ किसान नारायण चौलागाईँले बताउनुभयो । किसानसँग मुख्यमन्त्री कार्यक्रम लागू भए पनि स्याउको मूल्यमा एकरूपता कायम नभएको उहाँको गुनासो छ । प्रदेश सरकारले स्...

Source : https://ujyaaloonline.com/story/109208/2024/11/24/request-to-cm-to-help-in-the-marketing-of-apples