३८३ वर्ष पुरानो कार्तिक नाच सुरु… (तस्विरहरु)

काठमाडौँ । ३८३ वर्षदेखि चलेको कार्तिक नाच बुधबारदेखि सुरु भएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा बुधबारदेखि कार्तिक नाच सञ्चालन भएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष तथा कलाकार किरण चित्रकारले जानकारी दिएका छन् ।

यो नाच भगवान् विष्णुका १७ कथासँग जोडिएको मान्यता छ । ‘यही कार्तिक ३० गतेसम्म सञ्चालन हुने नाचमा हरेक दिन फरक–फरक कथामा आधारित रहेर लीला अनुसारका नाच देखाइन्छ । यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ ।’, अध्यक्ष चित्रकारले भने, ‘सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ ।’

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कार्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक–फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Source : https://arthasarokar.com/2024/11/kartik-naach.html