६ लाखको ठेक्कामा १० लाखको फिरौती माग नदिएपछि कुटपिट

काठमाडौं । एक कबाड व्यवसायीले मागेजती फिरौती रकम नदिएपछि अर्को कबाड व्यवसायीलाई कुटपिट गरेका छन् ।

ललितपुरको बालकुमार खरीबोटमा दिलिप जयसवालको योजनामा कुटपिट भएको छ । आज (शनिबार) जयसवालले बालकुमारीमा छलफल गर्ने भनेर बोलाएको र फिरौती रकम माग्दा दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् ।

जयसवास यहाँ कबाड व्यवासाय गर्दै आएका एक भारतीय नागरिक हुन् । कुटपिटबाट घाईते नेपाली नागरिक रहेका छन् । जयसवालको योजनामा उनका व्यापारिक साथी समेत रहेका अभिसेकमान बस्नेत र आशिस बस्नेत, राजु ढुङगेल सहितले मिलेर कुटपिट गरेको पीडितले जनाएका छन् । पीडितले आफूलाई गरिएको कुटपिटको सिसिटीभि क्यामेरामा कैद गरिएको भिडियो समेत दिदै प्रहरीमा कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् ।

कुटपिटबाट रविशंकर प्रसाद र महाविर साह सोनार घाईते भएका छन् । रविशंकरलाई टाउको सहित शरिर भरी कुटपिट गरेको देखिन्छ । उनको नाकबाट रगत समेत आउँने गरी कुटपिट गरिएको छ । महाविरलाई उनीहरुले अभद्रव्यवहार गर्दै हातपात गरेका थिए ।

पीडित महाविर र रबिशंकरका अनुसार उनीहरुले काटेर फालिने र मागेको पैसा नदिए ज्यान सुरक्षित नहुने धम्किी समेत दिएका छन् । ‘ज्यान सुरक्षित राख्ने हो भने १० लाख रुपैया देउ, नत्र काटेर फालिदिन्छौं’ महाविरले भने ।

बालाजु औधोगिक क्षेत्र व्यवस्थापन कार्यालयले पुरानो टंकीको कबाडको समानको ठेक्का निकालेको थियो । सो ठेक्का महाविरले सबैभन्दा बढी रकममा सकार गरेका थिए । सोही अनुसार उनले ६ लाख १० हजार रकममा ठेक्का पाएका थिए ।

महाविरलाई सो ठेक्का परेपछि जयसवालले १० लाख फिरौत माग गरे । महाविरले आफूले पैसा दिन नसक्ने र आफ्नो व्यापारिक साथी समते नमान्ने भएकाले यस ’boutमा छलफल गर्ने बताए । त्यही बेला जयसवालले महाविरकै फोनबाट रबिशंकरलाई फोन गरेर बोलाएको महाविरले बताए ।

महाविर आएपछि उनीहरुले १० लाख रुपैया दिनुपर्ने माग गरे । केही गुण्डा बोलाएर सुरुमा धम्क्याएको र दिन नमानेपछि कुटपिट गरेको पीडितले जनाएका छन् । कुटपिटबाट घाईतेको लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।

घटनाको ’boutमा ललितपुर प्रहरी परिसरका एसपी नवरत्न पौडेलले घटनको ’boutमा आफूलाई बिस्तृत जानकारी नभएको र घटन’boutमा बुझिरहेको जानकारी दिए ।

The post ६ लाखको ठेक्कामा १० लाखको फिरौती माग नदिएपछि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102428/