स्रोत नखुलेको ८ लाखसहित महोत्तरीबाट एकजना पक्राउ 

काठमाडौँ । स्रोत नखुलेको ८ लाख बढी रकमसहित महोत्तरीमा एकजना पक्राउ परेका छन् । महोत्तरीको साम्सी गाउँपालिका-७ का २७ वर्षीय रामस्नेही साह पक्राउ परेका हुन् । 

साहको साथबाट स्रोत नखुलेको ८ लाख ५ हजार ५ सय रुपैयाँ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल जयसवारले जानकारी दिएका छन् । 

डिएसपी जयसवारका अनुसार साहलाई बुधबार दिउँसो जलेश्वर-सम्सी सडकखण्डको भोल्ही चोकबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साहको साथबाट नगदसहित उनले प्रयोग गरेको बीआर ३० एएफ ३७७६ नम्बरको भारतीय मोटरसाइकलसमेत बरामद गरिएको छ । 

Source : https://arthasarokar.com/2024/10/pakrau-283.html