मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी जिल्ला भोक्राहा नर्सिङ्ग गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ०९ गौशाला बस्ने ३८ वर्षीय बालेश्वर महतो रहेका छन् ।
उनले एक जनालाई आकर्षक तलबको प्रलोभनमा पारेर मलेसिया पठाईदिने भन्दै दुई लाख ठगी गरेका थिए । लामो समयदेखि विदेश पठाउने भन्दै झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन भएको भन्दै पीडितले उनीविरुद्ध जाहेरी दिएका थिए ।
सोहि जाहेरीका आधारमा अनुसन्धान गर्दा महतोलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले असोज ३० गते गौशालाबाट पक्राउ गरेको हो ।

Source : https://arthasarokar.com/2024/10/pakrau-284.html