अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा

काठमाण्डाै – नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको छ । अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको हो । अस्वाभाविक रूपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन उहाँले माग गर्नुभयो । ...

Source : https://ujyaaloonline.com/story/108771/2024/11/12/air-fares-increase-unnaturally-workers-in-trouble