आँधीमूलको कृत्रिम तालमा डुंगा शयर गर्न पाइने
दमौली। तनहुँको आँबुखैरेनी गाउँपालिका-१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुंगा शयर गर्न पाइने भएको छ। आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ। मूलको पानी जम्मा गरेर कृत्रिम ताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। उनले भने, ‘तालले आकार लिन थालिसकेको छ । तालको पूरै […]