आइसिसी प्रतिनिधि टोली पोखरामा
पोखरा । आगामी सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाल सहआयोजक हो । त्यसैले ‘पर्यटनको राजधानी पोखरा’ सकेसम्म माछापुच्छे«लाई छाया पार्दै क्रिकेट खेलाउन चाहन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपालसहित बंगलादेशलाई सहआयोजक जिम्मा दिएपछि नेपालमा पनि त्यसको तयारी सुरु भएको छ ।
यसैक्रममा, क्रिकेट मैदानसहित विविध पक्ष बुझ्न आइसिसी प्रतिनिधि टोली मंगलबार पोखरा आएको छ । आइसिसीका सिनियर म्यानेजर रोहित पोड्डर, डेभलपमेन्ट अफिसर एमडी एमिनुल इस्लामसहित नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष पदम खड्कासहितको टोली पोखरा आएको हो । टोलीलाई पोखरा रंगशालामा स्वागत गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपाल सहआयोजक रहेको विश्वकप तयारीका लागि पोखराको पूर्वाधार तयार पार्न र पोखरामा समेत खेल आयोजना गर्न सहयोगको अपील गरे । आचार्यले विश्वकपका लागि के–के पूर्वाधार आवश्यकता पर्ने’bout जानकारी दिन आग्रह गरे ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले नेपाल आइसिसीको लागि एक महत्वपूर्ण टिम भएको र दर्शकको क्रेज पनि पछिल्लो समय बढेको उल्लेख गरे । ‘अब १७÷१८ महिना बाँकी छ । त्यसबेलासम्म आइसिसीको न्यूनतम मापदण्ड पूरा भए पोखरामा अवश्य खेल आउनेछ । उनीहरु (आइसिसी प्रतिनिधि) पनि पोजेटिभ छन्,’ पोखरा क्रिकेट मैदानमा मंगलबार संक्षिप्त भेट’bout बताउँदै सिग्देल आशावादी देखिए ।
उनले अगाडि भने, ‘खेलका लागि आइसिसीले ५ सहर मागेकोमा काठमाडौंपछि पोखरा दोस्रो हुने कि चितवन दोस्रो हुने ? भन्नेमात्र हो । यदि पोखरामा खेल नआए पोखराको क्रिकेट अझै १० वर्ष पछि धकेलिने निश्चित छ ।’
आइसिसी प्रतिनिधि टोलीलाई बुधबार पोखरा घुमाउने कार्यक्रम छ । विश्वकपका लागि पोखरामा पाँचतारे र चारतारे होटलका कम्तीमा ३०० रुम आवश्यक पर्ने बताइएकाले सो आफूहरुले भिजिट गराउने सिग्देलले बताए ।
गत वर्ष श्रीलंकामा भएको विश्वकप आगामी वर्ष सन् २०२५ मा मलेसिया र थाइल्याण्डमा हुँदैछ । यस्तै, सन् २०२६ को विश्वकप जिम्बाबे र नामिबियामा हुनेछ ।
यसैबीच, नेपाल प्रिमियर लिग (एनपिएल) टोली पोखरा एभेन्जर्सले कास्की जिल्ला क्रिकेट संघलाई आफ्नो डगआउट मंगलबार हस्तान्तरण गरेको छ । पोखरा एभेन्जर्सले पोखरा रंगशालास्थित क्रिकेट मैदानलाई घरेलु मैदान रुपमा लिएको थियो । एभेन्जर्सले निर्माण गरेको डगआउट कास्की क्रिकेट संघलाई प्रदान गरिएको हो ।
प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सिग्देलले डगहाउट हस्तान्तरण गरकोमा कास्की क्रिकेट संघसँग एभेन्जर्सको सम्बन्ध थप सुदृढ भएको उल्लेख गरे । उनले पोखरामा प्रशस्त क्रिकेटको सम्भावना रहेको हुँदा तिनै तहका सरकारले मिसन–०२७ लाई ध्यान दिनुपर्नेमा जोड दिए ।
नेपाल क्रिकेट संघ आयोजनामा नेपाल प्रिमियर लिग (एनपिएल) यही १५ मंसिरदेखि काठमाडौं कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ । गण्डकी प्रदेशबाट पोखरा एभेन्जर्सले प्रतिनिधित्व गर्दैछ । प्रतियोगितामा ८ टिमले भाग लिँदैछन् ।
The post आइसिसी प्रतिनिधि टोली पोखरामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
Source : https://rajdhanidaily.com/id/104513/