‘जलवायु परिवर्तनले वातावरणमा असर’

स्याङ्जा । जलवायु परिवर्तनले वातावरणमा प्रभाव पारेको असरका ’boutमा स्याङ्जामा जलवायु गोष्ठी गरिएको छ । नेपाल पानी सदुपयोग फाउण्डेसनको सहकार्य र गल्याङ नगरपालिकाको आयोजनामा जलवायुको परिवर्तनले वातावरणीय प्रभावमा पारेको असर ’bout जलवायु गोष्ठी गरिएको हो । गोष्ठीमा जलवायु परिवर्तनको असर पानी देखी कृषि, स्वास्थ्य, पशुपंक्षी लगायतमा देखीएको वातावरण विदहरुले बताएका थिए ।

स्याङ्जाको गल्याङ नगरपालिकामा आयोजना गरिएको गोष्ठीमा जलवायु तथा पानी व्यवस्थापन समस्इा पहिचान, गण्डकी प्रदेशमा पानी र जलवायु जोखिम न्युनीकरणका लागि सामुदायिक संस्था र नागरिकको भुमिका, जलवायु तथा पानी व्यवस्थापनमा सहरीकरणका चुनौती र सम्भावना, जलवायु तथा पानी व्यवस्थापनमा गल्याङ नगरपालिकाको चुनौती र अवसरहरु लगायतका बिषयमा वातावरण विद, स्थानीय र सरोकारवालाहरु विच छलफल गरिएको थियो ।

जलवायु गोेष्ठीमा वातावरण विद्हरुले तीनै तहका सरकारले विज्ञहरुको सुझावका आधारमा नीति निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । वातावरण प्रभावको रोकथाममा तीनैतहका सरकारहरु चनाखो नदेखिएको भन्दै बेलैमा यसको रोकथाम गरिएन भने वातावरणीय प्रभावको सामना गर्नुपर्ने सुझाव दिए ।

परम्परागतशैलीलाई छाड्दै आधुनीकशैलीमा हरेक बस्तुलाई अगाल्दै जाँदा वातावरणमा परिवर्तन भएको विज्ञहरुको भनाई थियो । तीनैतहका सरकार र तीनका मातहतले गर्ने विकासका योजनाहरुमा कुनै समन्वय नहुँनु, गाउँ र शहर नछुट्याउनु, एकिकृत बस्ती तर्फ ध्यान केन्द्रीत नहुनु, जलाधार क्षेत्रको संरक्षणमा सोही खालाका बिरुवा रोपण नहुनु, कृषिलाई आधुनिकताको नाममा रासायनिक मलको बढी प्रयोग हुनु र शिक्षामा वातवराण सम्वन्धी पठनपाठन नहुनु लगायतका समस्याले नेपालमा जलवायु परिवर्तनका असरहरु देखिएको विज्ञहरुले औल्याएका छन् ।

गोष्ठीमा नेपाल सरकारका पुर्व मन्त्री दिपक ज्ञावालीले वातावरण नीति संघ र प्रदेशले नदिएपनि स्थानीयतहले विज्ञहरुको सहयोगमा तयार गर्नुपर्ने सुझाव दिए । आफ्नै थालथलोको विकास आफै गर्ने बानीको विकास र अर्गानीक खेतीको अवधारणा ल्याउन उनले जोड दिए । धेरै उत्पादन हुने नाममा आधुनिक खेती प्रणालीले वातावरणमा परेको असर थाहा नपाउदा जग्गाजमिनमा अम्लियपन देखिन थालेकोले अव परम्पारगत खेतीगर्ने शैली अपनाउनुपर्ने ज्ञावालीले बताए ।

काठमाडांै विश्वविद्यालयका उपप्रध्यापक डाक्टर नानी रावतले हाम्रो माटोमा धेरै बिषदीयुक्त पदार्थ प्रयोगले धेरै असर गरेको बताइन् । माटोलाई सुधार्न धेरै खर्च गर्नुपर्ने भएकाले रासायनिक मलको प्रयोग भन्दा घरेलु मल प्रयोग गर्ने विधि अपनाउन रावतले सुझाइन् । जलवायुको सबैभन्दा बढी असर माटोमा परेको र माटोमै उत्पादन हुने बस्तुले वातावरणीय प्रभावमा धेरै असर परेको उनीहरुको भनाई थियो ।

काठमाण्डौं विश्वविद्यालयका प्रध्यापक डाक्टर चन्द्रलाल पाण्डेले गाउँ र शहर चिन्न नसक्दा धेरै विकासमा समानुपातिक नभएको बताए । खानेपानीको वितरण शैली समानुपातिक बनाउन सुझाव दिए । माटोका घर बनाउन भन्दा बढी सिमेन्टेट घर बनाउने होडबाजीले हाम्रो जमिन र पानीमा ठुलो असर पुगेको बताए । एकिकृत बस्तीको अवधारणा ल्याएर बजेट र वातावरणलाई जोगाउन सबै लाग्नुपर्ने पाण्डेको धारणा थियो ।

बन तथा भुपरिधि योजना विद लक्ष्मीदत्त भट्टले सामुदायिक बनको अवधारणाले बनक्षेत्र राम्रो भएपनि जलाधार क्षेत्र सुक्दै जान थालेको बताए । जलाधारलाई राम्रो गर्ने बोट बिरुवा बृक्षारोपण गर्नुभन्दा जलाधार सुकाउने बाट बिरुवा बृक्षारोपणमा बढी ध्यान केन्द्रीत हुँदा खानेपानीका मुहानहरु सुक्न थालेको बताए । जसले गर्दा खोलानालाहरु समेत संकटमा पर्दै जान थालेको भट्टले बताए । एउटै बिरुवा भन्दा पनि विभिन्न जातजातीका बिरुवाहरु रोपण गर्दै काठ आयतलाई रोक्न उनले सुझाए । नेपाल पानी सदुपयोग फाउण्डेसनका अध्यक्ष डाक्टर ङमिन्द्र दाहालले सरोकार र वातावरण विदहरु विच सहजीकरण गरैका थिए ।

जलवायु परिवर्तनले पानी, स्वास्थ्य, जैविक विविधता, कृषि, वन तथा पशुपालनमा अत्यन्त नराम्रो प्रभाव परिसकेको हुँदा स्थानीय तहदेखि केन्द्रसम्म यसका वारेमा साझा धारण वनाउन आवश्यक रहेको उनीहरुको सुझाव थियो । सरकारको नीतिगत समस्याका कारण स्थानीय तह, प्रदेश र केन्द्र सरकारले गर्ने काम र क्षेत्रको वारेमा प्रष्ट नीति हुनु आवश्यक रहेको समेत विज्ञहरुले औल्याएका थिए ।

नगर प्रमुख गुरुप्रसाद भट्टराईले केन्द्रीय नीति प्रष्ट नहुँदा स्थानीयतहमा काम गर्न निकै कठिनाई हुने गरेको धारणा राखे । पानीलाई सदुपयोग गर्न नसक्दा सिंचाई देखी खानेपानीको समस्या खेप्नुपर्ने समस्या बढ्दो रहेको नगर प्रमुख भट्टराईले बताए । जलवायुको असरकै कारण धेरै बाढीपहिरो जान थालेकोले जलवायु अनुकुलका योजनाहरु अगाडी सानुपर्ने भट्टराईको सुझाव थियो ।

The post ‘जलवायु परिवर्तनले वातावरणमा असर’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104509/