इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने अमेरिकी विदेशमन्त्री ब्लिन्केनको भनाइ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रोकिएको इजरायल–गाजा युद्धविरामको वार्ता फेरि शुरु हुने बताउनुभएको छ । मध्यपूर्वमा भइरहेको द्वन्द्वमा युद्धविरामबारे छलफल गर्न लण्डन पुग्नुभएका ब्लिन्केनले मध्यस्थकर्ताहरूले केही दिनमै गाजामा युद्धविरामका लागि रोकिएका वार्ताहरू पुनः शुरु गर्ने प्रयास गरिरहेको बताउनुभएको हो । तर वार्तामा हमासले भाग लिने वा नलिने भन्ने कुरा अझै स्पष्ट छैन । हमासका एकजना नेताले यदि इजरायलले शर्तमा सहमति जनायो भने यो युद्ध रोक्न तयार रहेको बताएका बीबीसीले जनाएको छ । अमेरिकी आग्रहपछि इजरायली गुप्...

Source : https://ujyaaloonline.com/story/108176/2024/10/26/israel-gaza-ceasefire-talks-to-resume-