उपनिर्वाचनः सप्तरी डाक्नेश्वरीमा अन्तिम चरणको कसरत

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वडामा वडाअध्यक्ष पदका लागी हुने निर्वाचनको मिति नजिकिदै गर्दा मत आ–आफनो पक्षमा पार्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार अन्तिम चरणको प्रचारमा जुटेका छन ।

७२ घण्टे मौन अवधी सूरु हुनु अघि नै विभिन्न दलका र स्वतन्त्र उम्मेदवार मतदाता नजिक पुग्न तिब्रताका साथ लागेका छन । उक्त पालिकाको १ र ४ गरी दुई वडामा वडाअध्यक्ष पदका लागी मंसिर १६ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन हुने ती दुबै पदमा यस अघि नेपाली काँग्रेसका क्रमशः प्रितम लाल चौधरी र हरि प्रसाद रायले चुनाव जितेका थिए ।

चौधरी र राय दुबैको निधन भएका कारण रिक्त हुन गएको पदका लागी उपनिर्वाचन हुन लागेको हो । काँग्रेसले वडा नम्बर १ मा भुलिया देवी चौधरीलाइ उम्मेदवार बनाएको छ । उनी दिगंवत निवर्तमान वडाअध्यक्ष प्रितम लाल चौधरीकी श्रीमती हुन ।

यस्तै वडा नम्बर ४ बाट काँग्रेसले जोगेन्द्र प्रसाद रायलाई उम्मेदवार बनाएको छ । यस अघि दुबै पद काँग्रेसले जितेकाले यसलाई कायम राख्न र निरन्तरता दिन काँगेसमाथी चर्काे दबाव छ ।

जनमत पार्टीले यहाँ वडा नं.१ बाट शैलेन्द्र कुमार साह र ४ बाट उदय नारायण पण्डितलाई चुनावी मैदानमा उतारेको छ । नेकपा एमालेले वडा नं.१ बट भगवानी साह र ४ बाट संजय कुमार यादवलाई उम्मेदवार बनाउँदा नेकपा माओवादी केन्द्रले वडा नं.१ बाट प्रमोद कुमार सन्त र ४ बाट भागवत रामलाई उम्मेदवार बनाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले बडा नं.१ बाट धिरेन्द्र कुमार साह र ४ बाट देवेन्द्र प्रसाद यादवलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा नं.१ बाट सतिष कुमार चौधरी थारु र ४ बाट राम कुमार यादवलाई चुनावी मैदानमा उतारेको छ भने नागरिक उन्मुक्ती पार्टीले वडा नं १ बाट अनरुद्ध प्रसाद चौधरी र ४ बाट शिव कुमार रामलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भई अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वडा नं ४ बाट मात्र आफनो उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ ।

सो पार्टीका तर्फबाट रविन्द्र यादव चुनावी मैदानमा छन । यहाँ वडा नं.१ बाट सुशिल साहले स्वतन्त्र उम्मेदवारी दिएका छन । यसरी दुई पदका लागी हुने उपनिर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा छन ।

यहाँ नाम चलेका अन्य पार्टीहरु मध्ये नेकपा एकिकृत समाजवादी, आम जनता पार्टी (आजपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, तमलोपा लगायतका दलहरुबाट कुनै उम्मेदवारी परेको छैन ।

चुनावी मैदानमा उत्रेका अहिले सबै उम्मेदवार र दलका नेताहरु घर दैलो सहित मतदातालाई आफनो पक्षमा पार्न अन्तिम चरणको कसरतमा जुटेका छन । सबै उम्मेदवारले वडामा देखिएका समस्या समाधान गरी विकासको लहर ल्याउने दाबी गरेका छन ।

उपनिर्वाचन हुने डाक्नेश्वरी नगरपालिकाको वडा नं १ मा २ हजार ६ सय ३५ र वडा नंं४ मा १ हजार २ सय ८१ मतदाता छन । मतदानका लागी ३ मतदान स्थल र ५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।

The post उपनिर्वाचनः सप्तरी डाक्नेश्वरीमा अन्तिम चरणको कसरत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/104471/