ऋषभ पन्त आइपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी, २७ करोड भारुमा लखनउमा अनुबन्ध

भारतीय क्रिकेटर ऋषभ पन्त इन्डियन प्रिमियर लिग (आइपीएल)को इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका छन् ।

आइतबार भएको अक्शनमा आगामी आइपीएल– २०२५ को लागि लखनउ सुपर जायन्ट्सले उनलाई २७ करोड भारुमा खरीद गरेको हो ।

यसअघि, श्रेयस अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो ।

श्रेयसकोे रेकर्ड तोड्दै ऋषभ पन्त आइपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी बनेका हुन् ।

Source : https://www.khasokhas.com/211827