एआइजी ढकाल र गुरुङलाई दर्ज्यानी चिन्ह
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)ले दर्ज्यानी चिन्ह पाएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले बढुवा गरेका एआइजी बुद्धिराज गुरूङ र केदार ढकालले दर्ज्यानी चिन्ह पाएका हुन्। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गरे। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन […]